प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गङ्गादत्त नेपाल नियुक्त

- भाद्र २६, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
मकवानपुर (हेटौँडा)  – बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गङ्गादत्त नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ । उहाँ यसअघि पनि आयोगको सदस्य हुनुहुन्थ्यो ।

बैठकले सिन्धुपाल्चोकका नेपाललाई उपाध्यक्ष, सदस्यमा काभ्रेपलाञ्चोकका गुणराज मोक्तान र काठमाडौँका दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा योजनामन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

यस्तै, प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामा नियुक्त हुनुभएको छ । सामाजिक विकास मन्त्रालयको प्रस्ताव र खेलकुद मन्त्रालयको स्वीकृतिमा उहाँ नियुक्त हुनुभएको हो ।

बैठकले श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । यसैगरी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको सङ्घीय इकाइको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर