महिला लिग फुटबल प्रतियोगितामा आर्मी फुटबल क्लबको जित
- भाद्र २७, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लबलाई पराजित गर्दै महिला लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा आर्मीले बागमती युवा क्बलाई ३–० गोलले पराजित गर्दै विजयी भएको हो । जितसँगै चार खेलमा नौ अङ्क जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो खेलमा पराजित बागमती समान खेलबाट तीन अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ ।
यसअघि सङ्कटा क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफसँग भने हार ब्यहोरेको थियो । यसअघि सुदूरपश्चिमलाई हराएको बागमती, कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
आज आर्मीको जितमा विमला चौधरी र अमिशा कार्कीले समान एक गोल गरे भने एक गोल आत्मघाती भएको थियो । खेलको २६औँ मिनेटमा विमलाको गोलमार्फत आर्मीेले पहिलो अग्रता लियो । त्यस्तै खेलको ६१औँ मिनेटमा अमिशाले टोलीको अग्रता दोब्बर बनाइन् । खेलको ९०औँ मिनेटमा बागमतीकी सञ्जी थिङबाट आत्मघाती गोल भएसँगै आर्मीले बागमतीमाथि ३–० को सहज जित दर्ता ग(यो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments