साहित्य : क्या जमाना क्या जुग थियो । कानुन भन्दा माथी मुख थियो ।।

- भाद्र २९, २०८१ मा प्रकाशित


लेखक : भण्डारी रविन्द्र
साहित्य लेखक भण्डारी रविन्द्र ज्यूका धेरै रचना हामिले हाम्रा पाठक सामु हरेक शनिवारको दिन प्रशारण गर्दै आएका छौ । उहाँको रचनाले एक सत्यताको उजागर गरेको पाईन्छ र कहिलेकाही सम्भावना र सभ्यताको पनि उजागर गर्दै समाजमा भएका विकृती र सँस्कारको पनि आफ्ना शब्दबाट पिडा र खुशि व्यक्त गर्दै आउनु भएको छ । उहाँको शब्दबाट सभ्य समाजको चित्रण गर्ने प्रयासलाई हामि सबैले हेरेर अरुले पनि हेर्न मिल्ने गरी सामाजिक संजालको माध्यमबाट पुर्याइदिनु हुनेछ भन्नेमा विश्वास गरेको छौं । धन्यवाद kasinmedia.com

 

महासागर गएपनि लोटा अनुसार पानी आउँछ
ठुलै मान्छे भएपनि बुद्दि अनुसार बानी आउँछ
मान सम्मान बिक्री गर्ने राजनीतिका व्यापारी छन्
पैंसा भए प्रतिष्ठा र पद छानीछानी आउँछ ।।

क्या जमाना क्या जुग थियो
कानुन भन्दा माथी मुख थियो
आज बेथिति छ जताततै
हिजो बा पुस्तामा बरु तुक थियो ।।

देशकै चिन्ता लिएर मर्नेपनि छन्
देशलाई बलात्कार गर्नेपनि छन्
कलङ्ककको टिका प्यारो हुन्छ कसैलाई
बिना कलङ्कक बैकुण्ठ तर्ने पनि छन् ।।

बगरका काँससरी कपाल सेतै टल्किसके
यौवन पाखा लाग्दैलाग्दै उमेर आदि ढल्किसके
गुम्सिएर बसेका छन् मन भित्रभित्रै पिडाहरु
रोक्न खोज्दा आँखाबाट आँसु त्यसै छल्किसके ।।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर