जनता आवास कार्यक्रम अन्तर्गत ६ सय ३२ घर निर्माण सम्पन्न
- भाद्र २८, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
अत्तरिया (कैलाली)- जनता आवास कार्यक्रम अन्तर्गत ६ सय ३२ घर निर्माण सम्पन्न भएका छन् । सङ्घीयतापछि स्थापना भएको प्रदेश अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले हालसम्म कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा ती घर निर्माण गरेको हो ।
न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि कैलालीमा २ सय ६६ र कञ्चनपुरमा ३ सय ६६ घर निर्माण गरिएको कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकामा ४९, गोदावरी नगरपालिकामा ३८, घोडाघोडी नगरपालिकामा २८ र भजनी नगरपालिकामा २७ घर निर्माण गरिएका छन् ।
यसैगरी बर्दगोरिया गाउँपालिकामा २४, गौरीगङ्गा नगरपालिकामा १२, लम्कीचुहा नगरपालिकामा ३९, जानकी गाउँपालिकामा १९ र टीकापुर नगरपालिकामा ३० घर निर्माण गरिएको इञ्जिनीयर अधिकारीले जानकारी दिनुभयो ।
यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ५६, पुनर्वास नगरपालिकामा ५०, बेलौरी नगरपालिकामा ४३, बेदकोट नगरपालिकामा ५६, भीमदत्त नगरपालिकामा १ सय ११ र महाकाली नगरपालिकामा ५० घर निर्माण गरिएको इञ्जिनीयर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ सय ५ घर सङ्घीय सरकारको बजेट र २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएका हुन् । कञ्चनपुरको भीमदत्त नगरगपालिकामा निर्माण गरिएका १ सय ११ घरमध्ये २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएको उहाँले बताउनुभयो ।
घर निर्माणका लागि प्रतिपरिवार रु. ३ लाख ३६ हजार उपलब्ध गराइएको थियो । उपभोक्ता समिति र लाभग्राहीको न्यूनतम १० प्रतिशत श्रमदानमा घर निर्माण गरिएका इञ्जिनीयर अधिकारीले बताउनुभयो । आव २०७५/७६ देखि आव २०७९/८० को अवधिमा ती घर निर्माण सम्पन्न भएका हुन् । आव २०८०/८१ मा जनता आवासका लागि कैलालीमा रु. ४ करोड ३३ लाख र कञ्चनपुरमा रु. ४ करोड ४६ लाख ९४ हजार बजेट विनियोजन गरिएको थियो । जनता अवासका लागि चालु आवमा सङ्घीय सरकारबाट बजेट उपलब्ध नभएको उहाँको भनाइ छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments