एमाले सचिवालय : वार्षिक कार्ययोजनामा पारित
- भाद्र २८, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
नेकपा (एमाले) ले वार्षिक कार्ययोजना पारित गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पोलिटब्युरो बैठकले दिएको सुझावका आधारमा कार्ययोजना पारित गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्ययोजनामा विभिन्न १८ वटा विषय समेटिएको छ । पार्टी सदस्यता नवीकरण र अभिलेखीकरण, नियमित अधिवेशन, बाँकी रहेका जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने विषय कार्ययोजनामा समेटिएको छ । सबै तहको अधिवेशन मङ्सिर मसान्तभित्र सम्पन्न गरिसक्ने गरी योजना बनाइएको उहाँले बताउनुभयो ।
पार्टी प्रवेश गरेका र विभिन्न कमिटीबाट बिदा भएकालाई तीन महिनाभित्र जिम्मेवारी दिइने कुरा कार्ययोजनामा उल्लेख गरिएको छ । यस्तै पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनका लागि विधि बनाइएको छ । पार्टी एकता कसरी निमार्ण गर्न सकिन्छ भन्ने कुरालाई आधार बनाएर कार्ययोजना बनाइएको महासचिव पोखरेलले बताउनुभयो ।
पार्टी स्कुल अभियानको रुपमा सञ्चालन गर्ने र प्रत्येक वर्ष पार्टीका सदस्यले अनिवार्य रुपमा कुनै न कुनै तहको पार्टीको स्कुलमा सहभागि भई प्रशिक्षित हुनुपर्ने विषय कार्ययोजनामा उल्लेख गरिएको छ । कार्ययोजनामा सरकारले गरेका कामलाई जनस्तरमा लैजाने र पार्टी कार्यालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने जोड दिइएको छ ।
पार्टी कार्यालय व्यवस्थित बनाइने
पार्टीले केन्द्रदेखि वडासम्म कार्यालयलाई व्यवस्थित गर्ने उल्लेख गरेको छ । कार्ययोजनामा हरेक कमिटीले आफ्नो बजेट तयार गर्नुपर्ने र वार्षिक बजेट बनाएर आम्दानी र खर्चको व्यवस्थापन गर्नुपर्ने रहेको महासचिव पोखरेलले बताउनुभयो । पार्टीका नेता तथा कार्यकताको जीवनशैली, आर्थिक अनुशासन र चारित्रिक प्रश्नमा जनताका लागि प्रिय र स्वीकार्य हुने स्थिति बनाउने कुरा कार्ययोजनामा समेटिएको उहाँले बताउनुभयो ।
बैठकले पार्टी स्थापना ७५ वर्ष पूरा गरेको अवसरमा बाँकी रहेका विषयलाई वार्षिक कार्ययोजनामा समेटिएको छ । पार्टीको इतिहास, आन्दोलनका विभिन्न घटनाको अभिलेख लेख्ने र पुस्तक पार्टीको ‘सेल्टर’ प्रकाशन गर्नेजस्ता कुरा कार्ययोजनामा समेटिएका छन् ।
युथ समिट गर्ने
एमालेले ४० वर्षभन्दा मुनिका युवालाई समेट्नका लागि ‘युथ समिट’ आयोजना गर्ने भएको छ । युवाको राष्ट्र निर्माण भूमिका स्थापना गर्ने उद्देश्यले समिट आयोजना गर्ने कुरा कार्ययोजनामा राखिएको महासचिव पोखरेलले बताउनुभयो ।
पार्टीले भारत कम्युनिष्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरीको निधनप्रति दुःख व्यक्त गरेको छ । बैठकले यचुरीको अन्तिम संस्कारमा सामेल हुनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल जानुहुने निर्णय गरेको छ । महासचिव पोखरेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि जनता जागृत भएको मूल्याङ्कन भएको बताउनुभयो । उहाँले सत्तामा रहेका दलबीचको सहकार्यलाई अझ धनिष्ट बनाउने हिसाबले संसद् र सरकारलाई अझ प्रभावकारी काम गर्ने बताउनुभयो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments