नेप्से परिसूचक १ दशमलव ८८ प्रतिशतले घट्यो , कारोबार रकममा सुधार
- भाद्र ३०, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् १ दशमलव ८८ प्रतिशतले घटेर २ हजार ६ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो । लगातार घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज पुनः घटेको छ ।
आज विभिन्न ३ सय २४ कम्पनीका २ करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता शेयर १ लाख १९ हजार ७ सय ३९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९ सय ५७ बराबरको कारोबार भएको छ । यो कारोबार रकम पछिल्ला सात दिनमा सबैभन्दा उच्च हो ।
आजको कारोबारपछि वित्त समूह र होटल तथा पर्यटन समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ । वित्त समूह ३ दशमलव ५३ र होटल तथा पर्यटन समूह ३ दशमलव ६८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ९३, विकास बैंक २ दशमलव ५१, जलविद्युत् १ दशमलव ४८, लगानी २ दशमलव ८० र जीवन बीमा समूह २ दशमलव ७४ प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन समूह १ दशमलव ७९, लघुवित्त १ दशमलव ८८, म्युचुअल फन्ड १ दशमलव ६१, निर्जीवन बीमा २ दशमलव १६, व्यापार शून्य दशमलव ९० र अन्य समूह २ दशमलव २३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
आज २ सय १९ कम्पनीको शेयर मूल्य घट्दा २४ वटाको मात्रै बढेको छ । जसमध्ये रिभर फल्स पावर लिमिटेड, हिमालयन हाईड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु. ६४ करोड ३८ लाख ६६ हजार ७ सय ८० बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिङ्गटी हाईड्रो इनर्जी लिमिटेडको ९ लाख ३४ हजार ५ सय ७८ कित्ता शेयर किनबेच भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments