मातातीर्थ गोल्डकप असोज ७ गतेदेखि , राशि ४ लाखकाे
- भाद्र ३१, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ मन्दिर परिसरमा तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ७ गतेदेखि तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता–२०८१ हुने भएको हो ।
संस्थाका अध्यक्ष शान्त उदासले प्रत्येक वर्ष झैँ यसवर्ष पनि मातातीर्थ चौरमा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा काठमाडौँ उपत्यकाका साथै धादिङ, मकवानपुर, नुवाकोट, काभ्रेपलाञ्चोकलगायत जिल्लाका खेलाडीको सहभागिता रहने बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुने टीमले असोज ४ गतेसम्म गर्न सक्ने अध्यक्ष उदासले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले रु. ४ लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले रु. २ लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमले रु. १ लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् ।
विस २०७९ देखि सुरु गरिएको प्रतियोगितामा पहिलो वर्ष ३० र दोस्रो वर्ष २४ टिमको सहभागिता रहेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments