आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घट्यो

- भाद्र ३१, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घटेको छ ।

नेप्से परिसूचक २ दशमलव १६ प्रतिशतको गिरावटपछि आज २ हजार ५ सय ८० दशमलव ७६ को बिन्दुमा झरेको छ । परिसूचक करिब दुई महिनापछि २ हजार ५ सयको बिन्दुमा ओर्लिएको हो ।

आज विभिन्न ३ सय १२ कम्पनीका १ करोड ७० लाख ६१ हजार ८ सय ७ कित्ता शेयर ९२ हजार ८ सय १५ पटक खरिदबिक्री हुँदा रु. ७ अर्ब ३६ करोड १९ लाख ८८ हजारको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह ५ दशमलव ६६ प्रतिशतले घटेको छ । बैंकिङ १ दशमलव ५९, विकास बैंक २ दशमलव ७२, होटल तथा पर्यटन २ दशमलव ४८, जलविद्युत् २ दशमलव २८, लगानी २ दशमलव ५३ र जीवन बीमा १ दशमलव ९१ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन १ दशमलव ७१, लघुवित्त २ दशमलव ४३, म्युचुअल फन्ड एक दशमलव १७, निर्जीवन बीमा १ दशमलव ९१, व्यापार २ दशमलव ७६ र अन्य समूह २ दशमलव ३३ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको रु. ३१ करोड ११ लाख ४९ हजार ७ सय ३६ बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक प्रमोटर शेयर ५ लाख ७७ हजार ३ सय ८९ कित्ता खरिदबिक्री भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर