•  २५ पुष २०८१, बिहीबार

सङ्खुवासभामा टयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

- आश्विन २, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
खाँदबारी (सङ्खुवासभा) – सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा प्रदेश १–०२००३ त १४३७ नम्बरको टयाक्टर भीरबाट खस्दा त्यसमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक १९ वर्षीय किरण श्रेष्ठ र सहचालक १७ वर्षीय उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

टयाक्टर भीरबाट करिब ३ सय मिटर तल अरुण नदीमा खसेको हो । नदीले बगाएको उक्त टयाक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर