•  १२ पुष २०८१, शुक्रबार

बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित : युनिसेफ

- आश्विन २, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ ।

यागीले २ हप्ता अघि भियतनाम, थाइल्यान्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो ।

थाइल्यान्डले बुधबार थप ३ जनाको मृत्यु भएको जनाएसँगै यस क्षेत्रमा कुल ५३७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले स्वच्छ पानी, शिक्षा, स्वास्थ्य सेवा, खाना र आश्रयको पहुँच सम्झौताको आधारमा यागीबाट प्रभावित बालबालिकाको सङ्ख्या उल्लेख गरेको हो ।

कमजोर बालबालिका तथा परिवारहरूले यागीले निम्त्याएको विनाशकारी परिस्थिति सामना गर्न बाध्य भएको युनिसेफका पूर्वी एसिया प्रशान्तका क्षेत्रीय निर्देशक जुन कुनुगीले बताउनुभएको छ ।

यसै गरी भियतनाममा पिउने पानी र सरसफाइको अभावका कारण करिब ३० लाख मानिसहरु रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ ।

म्यानमामा बाढीका कारण करिब ४ लाख मानिसहरू विस्तापित भएका छन् ।

युनिसेफले यागीले म्यानमामा गम्भीर मानवीय अवस्था निम्त्याइ सीमान्तकृत समुदायलाई सङ्कटमा धकेलेको उल्लेख गरिएको छ ।

विश्व खाद्य कार्यक्रमले बुधबार म्यानमारमा यसै हप्ता आपतकालीन प्रतिक्रिया सुरु गरी ५ लाख मानिसहरूलाई १ महिनाको आपतकालीन खाद्यान्न वितरण गर्ने जनाएको छ ।

युनिसेफका अनुसार जलवायु परिवर्तन र मानवीय खतराले पूर्वी एसिया र प्रशान्त क्षेत्रका बालबालिकालाई व्यापक असर गर्ने जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर