आजपनि नेप्से परिसूचकमा गिरावट, जानकार भन्छन अर्थतन्त्र चलायमान पछि बुल आउँछ

- आश्विन २, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
यो सातामा लगातार ३ कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज परिसूचक ४ अङ्कले घटेर २ हजार ५ सय ७६ दशमलव ७६ अङ्कमा कायम भएको हो ।

आज ३ सय २० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १ सय २१ कित्ता शेयर ८० हजार ३ सय ७८ पटक खरिदबिक्री हुँदा रु ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ को कारोबार भएको छ । आज बैंकिङ समूह शून्य दशमलव ७६ र निर्जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ८ दशमलव शून्य ८ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य रहेको छ । यो ७ दशमलव ६७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट लिमिटेडको रु २० करोड ५८ लाख ८ हजार ५ सय ८४ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ५ लाख ७ हजार २ सय ७० कित्ता शेयर किनबेच भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर