टिकाराम भुसालमाथि प्रहरीले राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
- आश्विन ५, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज ३ गते पक्राउ परेका पर्वत, पैयू गाउँपालिका–३ घर भएका ६० वर्षीय टिकाराम भुसालमाथि प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १ (राज्यविरुद्धका कसूर) को दफा ५१ (क) बमोजिम मुद्दा चलाइएको हो । अदालतबाट ५ दिन म्याद थप अनुमति लिएर भुसालविरुद्ध अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
नेपालको संविधान राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र देशको अपमान हुने गतिविधि गरिरहेको अवस्थामा भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments