मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु
- आश्विन ५, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
मुस्ताङ – घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा आजदेखि आधा शताब्दी लामो इतिहास बोकेको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता सुरु भएको छ ।
थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको आयोजनामा ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य योगेश गौचन (थकाली) ले उद्घाटन गर्नुभयो । खेल प्रतिभाको पहिचान, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिनुभयो ।
“५० वर्षदेखि घरपझोङ र थासाङ गाउँपालिकाको फरक फरक गाउँमा हरेक वर्ष सञ्चालन हुने थाक खेलकुदको ऐतिहासिक र सांस्कृतिक महत्व छ”, उहाँले भन्नुभयो, “पुरुष, महिला भलिबल, तारा खेल (घनुषवाण) ४० वर्ष माथिका र आर्चरी (खुल्ला), लोक नृत्य र थकाली गीत प्रतियोगिता आयोजना गरिएको छ ।”
६ वटा क्लबले सहभागिता जनाएको पुरुष भलिबलमा विजेता र उपविजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु १ लाख ५० हजार र रु १ लाख पुरस्कार प्रदान गरिनेछ । ३ वटा क्लब सहभागी महिला भलिबलको विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित रु• १ लाख र ५० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । धनुषवाण र आर्चरीमा विजेतालाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार प्रदान गरिने सङ्घले जनाएको छ । मार्फाको मिलीजुली युवा क्लब सहआयोजक रहेको प्रतियोगिताअन्तर्गत कृषि मेला प्रदर्शनी पनि आयोजना भएको छ । नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ३५ हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाणपत्र र मेडल वितरण गरिने भएको छ । उद्घाटन समारोहमा झाँकी सहितको -यालीले मार्फा गाउँ परिक्रमा गरिएको थियो ।
संस्थाका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभाका पूर्वसदस्य प्रेमप्रसाद तुलाचन, संस्थाका पूर्वसचिव राजु लालचन, आर्चरीका अन्तर्राष्ट्रिय खेलाडी योगेन्द्र शेरचन र बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
पहिलो दिन पुरुष भलिबलको पहिलो चरणको ३ वटा खेल भएका छन् । उद्घाटन खेलमा मिलीजुली युवा क्लब मार्फासँगै पराजित भएको नीलगिरि युवा क्लब टुकुचेले अर्को खेलमा अन्नपूर्ण युवा क्लब ताक्लुङलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको छ । धौलागिरि युवा क्लब कोवाङले निर्मल स्पोट्र्स क्लब लेतेलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको थियो ।
महिला भलिबलमा नीलगिरि युवा क्लबले राष्ट्रिय टोलीका प्रतिभा माली, सलिना श्रेष्ठ, सोफिया पुनलाई मैदानमा उतार्ने भएको छ । मिलीजुली युवा क्लबले म्याग्दी र कास्कीबाट प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीलाई प्रतियोगितामा सहभागी गराएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments