आज सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय, हालसम्मकै उच्च मूल्य
- आश्विन ६, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु. १ हजार ७ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु. १ लाख ५७ हजार १ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. १ लाख ५८ हजार ८ सय निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा रु. २ हजार १ सयले वृद्धि भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु. ५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु. १ हजार ९ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. १ हजार ९ सय २० निर्धारण भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments