हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर ९ जना थुनुवा फरार
- आश्विन ७, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
महेन्द्रनगर (धनुषा) – जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर ९ जना थुनुवा फरार भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका अनुसार हिरासत कक्षमा रहेका १० जना मध्ये आज बिहान ९ जना थुनुवा फरार भएका हुन् । फरार मध्ये १ जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । फरार सबै थुनुवा लागुऔषध र चोरी मुद्दाका अभियुक्त रहेका बताइएको छ ।
थुनुवाले रड काट्न प्रयोग हुने ‘ह्याक्सो ब्लेड’को प्रयोग गरी भेन्टिलेशन काटेर फरार भएका र ह्याक्सो ब्लेड उनीहरुको पहुँचमा कसरी पुग्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रवक्ता अवालेले बताउनुभयो ।
यसैबीच,प्रहरीले फरार अभियुक्तको नाम सार्वजनिक गरेको छ । प्रवक्ता अवालेका अनुसार फरार हुनेमा अमितकुमार झा, रञ्जित मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागुऔषध मुद्दाका थुनुवा हुन् भने सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments