आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घट्यो
- आश्विन ७, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर २ हजार ५ सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो ।
आज नेप्सेमा ३ सय २९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९ सय ३ कित्ता शेयर ७७ हजार १ सय ५३ पटक खरिदबिक्री हुँदा रु. ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६ सय ८३ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक ५ दशमलव ५६ प्रतिशतले घटेको छ । बैंकिङ १ दशमलव २७, विकास बैंक २ दशमलव ४६, होटल तथा पर्यटन ३ दशमलव ३४, जलविद्युत् २ दशमलव ८९ र लगानी समूह २ दशमलव ७३ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमा समूह २ दशमलव ३५, उत्पादन तथा प्रशोधन १ दशमलव ८१, लघुवित्त २ दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ४८, निर्जीवन बीमा २ दशमलव ६९, व्यापार ३ दशमलव ९३ र अन्य समूह २ दशमलव २२ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा २ सय २९ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ८४ प्रतिशतले बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । गुडविल फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, एनआइसी एसिया फ्लेक्स क्याप फन्ड र इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको हो ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु. २१ करोड १३ लाख ४२ हजार ७ सय ३२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक लिमिटेड प्रमोटर शेयर ५ लाख कित्ता खरिदबिक्री भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments