अग्लो धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले लिए अनुमति
- आश्विन ८, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
म्याग्दीयस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् ।
विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट रु. १६ लाख ८९ हजार ३० सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । गत वसन्त याममा ३ समूहका २२ पुरुष र ८ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । सोबापत रु. ७१ लाख ७० हजार ७ सय ५० शुल्क सङ्कलन भएको विभागले जनाएको छ ।
आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहनुभएका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो ।
पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र २ सय ७४ जना पुरुषले अनुमति लिएका छन् । उनीहरुबाट रु. ४ करोड ५२ लाख ४५ हजार ८ सय ४८ आरोहण शुल्क प्राप्त भएको छ ।
शरद्मा सगरमाथा बाहेक ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रति आरोही ९ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ । अन्य साना हिमालका लागि न्यूनतम १ सय २५ देखि अधिकतम ४ सय सम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।
शरद् याममा सबैभन्दा बढी गोरखामा रहेको ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका ३ सय ८ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरि हो ।
पुथा हिमचुली ९ जना, अन्नपूर्ण चौथो ५ , थाकर गो इस्ट ४, पुङ्गी ५, कुम्भकर्ण ६, अरनीको चुली ३, अपी ६ र मकालु पहिलो आरोहण गर्न २ जनाले अनुमति लिएका छन् । सरदयाममा नेपालका हिमाल आरोहणका लागि सबैभन्दा बढी चीनका ६१ जनाले अनुमति लिएका विभागले जनाएको छ ।
गत वसन्तयाममा नेपालका ३० वटा हिमाल आरोहणका लागि १ हजार २ जनाले अनुमति लिएका थिए । उनीहरुले रु. ६८ करोड ९९ लाख ७५ हजार ३ सय ११ आरोहण शुल्क तिरेको विभागको वेबसाइटमा उल्लेख छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments