बागलुङमा  ७ सय ९८ जनामा डेङ्गु सङ्क्रमण

- आश्विन ९, २०८१ मा प्रकाशित


कासिन न्यूज , काठमाडौ ।
गलकोट (बागलुङ) – बागलुङमा साउनयता ७ सय ९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेङ्गु परीक्षणको हो ।
बागलुङको धौलागिरि अस्पतालमा ६ जना डेङ्गुका जटिल बिरामी उपचाररत छन् भने केही बिरामीहरु घरमै आराम गरिरहका छन् । स्वास्थ्य कार्यालय बागलुङमा परीक्षण गरिएकामा ३ सय ३८ जना र निजी प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ६० जनामा डेङ्गु सङ्क्रमण देखिएको हो ।
डेङ्गी सङ्क्रमण पछिल्लो हप्तामात्रै दोब्बरले वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताउनुभयो । डेङ्गीका सबैभन्दा बढी बिरामी धौलागिरि अस्पतालमा देखिएका छन् । अस्पतालमा अहिले ज्वरोका बिरामीले शय्या भरिएको छ ।
धौलागिरि अस्पतालको प्रयोगशालामा मात्रै २ सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । यस्तै गलकोट नगर अस्पतालमा ७६ जना, बुर्तिवाङ स्वास्थ्यचौकीमा २८ जना र कुश्मिसेरा प्राथमिक स्वास्थ्य चौकीमा २ जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्याले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाम बागलुङ बजारको सपना प्रयोशालामा १ सय, केसी प्रयोशालामा १ सय केयर डाइनेष्टिक प्रालिमा ७७, बागलुङ प्रयोगशालामा ५६, न्यूरो केयर क्ल्निकमा ५०, झरना मेडिकल प्रयोगशामा ३५, गोल्डेनगेट प्रयोशालामा २५, धौलागिरि प्रयोशालामा १० र सफल पोलिक्ल्निक प्रालिमा ७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर