प्रथम पाँचपोखरी महिला म्याराथन आगामी कात्तिक २ मा हुने

- आश्विन १०, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल –३ पाँचपोखरीमा प्रथम पाँचपोखरी महिला म्याराथन हुने भएको छ । आगामी कात्तिक २ गते पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट रैथानेसम्म २८ किलोमिटर लामो म्याराथन हुने आयोजक विश्व समावेश साहसी संस्थाकी सल्लाहकार माया गुरुङले बताउनुभयो ।

स्वदेशी तथा विदेशी महिलाको सहभागिमा हुने उक्त म्याराथनमा प्रथम हुनेले नगद रु. ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेले समेत शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने गुरुङले बताउनुभयो ।

दौडमा सहभागिता जनाउन नेपाली महिलाले रु. ५ सय र विदेशी महिलाले ५ डलर दर्ता शुल्क बुझाउनुपर्ने छ । म्याराथनसहित सोही समयमा ‘मास ट्रेकिङ’ पनि हुनेछ । “वर्षमा कम्तीमा एक पटक ट्रेकिङ जाउँ, पर्यटन प्रवद्र्धन गरौँ”, भन्ने नाराका साथ मास ट्रेकिङ आयोजना गरिएको हो ।

मास ट्रेकिङमा सहभागी हुनेले लागि भने नेपालीले रु. १३ हजार ५ सय र विदेशीले २ सय डलर तिर्नुपर्नेछ । दसैं तिहारको बिदामा घुम्न जान चाहनेहरुलाई लक्ष्यित गरि ट्रेक आयोजना गरिएको गुरुङले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर