नेप्से परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो, जानकार भन्छन् ठुला लगानीकर्ताले बजार आफु अनुकुल चलाउन खोजे
- आश्विन १०, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) का अनुसार आज परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर २ हजार ४ सय ८६ दशमलव ७६ मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ३४ अङ्कले ओरालो लागेर ७ सय ४७ दशमलव ४५ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । कूल १ करोड ३६ लाख ९१ हजार ५ सय ९६ कित्ता शेयर रु. ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७ सय २० मूल्यमा खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार विन नेपाल लघुवित्त ९ दशमलव ८५, बोटलर्स नेपाल बालाजु ५ दशमलव शून्य ६, एसबिएल डिवेञ्चर ५ दशमलव शून्य ५, एनआइसी एसिया डिवेञ्चर ४ दशमलव ५६ र एनएमबी डिवेञ्चरका लगानीकर्ताले ४ दशमलव शून्य ३ प्रतिशतले कमाएका छन् ।
ग्रीन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर ७ दशमलव ६९, अपि पावर कम्पनी ७ दशमलव ४६, थ्री स्टार हाइड्रोपावर ६ दशमलव ७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments