•  २६ चैत्र २०८१, मंगलवार

साहित्य

- आश्विन १२, २०८१ मा प्रकाशित


साहित्य लेखक भण्डारी रविन्द्र ज्यूका धेरै रचना हामिले हाम्रा पाठक सामु हरेक शनिवारको दिन प्रशारण गर्दै आएका छौ । उहाँको रचनाले एक सत्यताको उजागर गरेको पाईन्छ र कहिलेकाही सम्भावना र सभ्यताको पनि उजागर गर्दै समाजमा भएका विकृती र सँस्कारको पनि आफ्ना शब्दबाट पिडा र खुशि व्यक्त गर्दै आउनु भएको छ । उहाँको शव्दबाट सभ्य समाजको चित्रण गर्ने प्रयासलाई हामि सबैले सबै-सामु पुराउन सामाजिक संजालको माध्यमबाट पुर्याइदिनु हुनेछ भन्नेमा विश्वास गरेको छौं । धन्यवाद kasinmedia.com
भण्डारी रविन्द्र

श्रावणको तिमी झरी बनेर आउ
मेरो मनको तिमी परी बनेर आउ
जङ्गलमा लै बरी भाका छाड्ने जस्तो
मेरो सामु कोइली चरी बनेर आउ ।।

उमङ्ग थियो जिन्दगीमा सेलाएर गयो
माकुराको जालो जस्तै जेलाएर गयो
तड्पाई रहन्छ किन होला झस्स झस्स
बिरालोले मुसोलाई झैँ खेलाएर गयो ।।

जिन्दगी चल्यो धिमे धिमे फल लागेन
बनाउने प्रयास गरेँ कती बल लागेन
मुन्टो देखि मरेर जाने बिउ नै गलत होकी
गोडमेल कती गरेँ हजुर खोइ मल लागेन ।।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर