बाढी पहिरोमा परी १ सय जनाको मृत्यु, ६७ बेपत्ता
- आश्विन १३, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी १ सय १ जना घाइते भएका छन् ।
बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर ७, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु ५, पाँचथर ५, भक्तपुर ५ जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटा २, महोत्तरी २, रामेछाप १, झापा एक, उदयपुर १, इलाम १, सप्तरी १ र नुवाकोटमा १ जनाको मृत्यु भएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments