सडक तथा पुल निर्माण गरि यातायात सन्चालन गर्न २ अर्ब ५० करोड लाग्ने
- आश्विन १४, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड लाग्ने जानकारी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालका प्रेस संयोजक गोपाल झापालीले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चाल गर्न सडक तथा पुल सुधार र मर्मत गर्न सो रकम लाग्ने जानकारी दिनुभएको हो ।
मन्त्रालयका अनुसार हालसम्म यातायात अवरुद्ध रहेका राजमार्गको सङ्ख्या १४ र स्थान ४२ रहेका छन् । जसमध्ये अरनिको राजमार्ग, बिपी राजमार्ग, कान्ति राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग, मदन भण्डारी राजमार्ग, कालिगण्डकी कोरिडोरलगायत छन् ।
हालसम्म क्षति भएका पुलको सङ्ख्या पाँच रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार र फोक्सिङटार र अरनिको राजमार्गको लिपिङ पुल र इलाम माइपोखरी सडकको राते खोला पुल रहेको छन् । लार्चा र हेवा खोलाको दुई बेलिब्रिजमा पनि क्षति पुगेको जनाइएको छ ।
मन्त्रालयका अनुसार हालसम्म भएका प्रयास मध्ये पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ–खण्डको विभिन्न स्थानमा अवरोध हटाई एकतर्फी यातायात सञ्चालन भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments