फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिगमा कर्णाली एसभिएस विजयी
- आश्विन १६, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिगमा कर्णाली एसभिएस विजयी भएको छ । आज भएको खेलमा उसले ललितपुर क्विन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् को कभर्डहलमा भएको उक्त खेलमा कर्णालीले ललितपुर क्विन्सलाईे ३–० सोझो सेटमा पराजित गरेको हो । आजको खेलमा कर्णालीले ललितपुरलाई पहिलो सेटमा २५–२२ अङ्कले पराजित ग¥यो । दोस्रो सेट पनि २५–२२ अङ्कले नै जित्यो । खेलको अन्तिम निर्णायक सेटमा कर्णालीले ललितपुरलाई २९–२७ अङ्कले हरायो ।
कर्णालीले यसअघि मधेस युनाइटेडलाई ३–१ र गण्डकी थन्डर्सलाई ३–२ सेटले पराजित गरेको थियो । जितसँगै कर्णालीले आठ अङ्क जोडेको छ । तीन खेल खेलेको ललितपुरको ६ अङ्क छ । प्रतियोगितामा ललितपुर पहिलो पटक पराजित भएको हो । ललितपुरले यसअघि काठमाडौँ स्पाइकर्स र मधेसलाई समान ३–१ सेटले हराएको थियो ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments