अविरल वर्षाले झापामा ५ करोड २१ लाख बढीको क्षति
- आश्विन १७, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
बनियानी – अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु. ५ करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु. ५ करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
झापा गाउँपालिका ४० दशमलव ५ हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा रु. ४८ लाख, गौरीगञ्ज गाउँपालिका १ सय हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा रु. १ करोड ७७ लाख ९२ हजार ३ सय, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा रु. १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर रु. १ करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा गरी रु. १ करोड ७५ लाख ७३ हजार ६ सय बराबरको क्षति भएको छ ।
“हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “विवरण सङ्कलन जारी छ ।” केन्द्रका प्रमुख सागर विष्टले भन्नुभयो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments