बराहक्षेत्रमा हात्तीको आतङ्क ,स्थानीय त्रसित
- आश्विन १९, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
इनरुवा (सुनसरी) – सुनसरीको बराहक्षेत्र नगरपालिकामा हात्तीको आतङ्क सुरु भएसँगै स्थानीय त्रसित बनेका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक रुपमा आउने जङ्गली हात्ती र अर्नाको आतङ्कले यहाँका स्थानीय त्रसित बनेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा आज भएको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यही असोज १२ र १३ गते आएको बाढीको त्राससँगै अहिले हात्तीको आतङ्क पनि थपिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो । सप्तकोशी नदीमा आएको बाढीका कारणले आरक्षमा रहेका जङ्गली जनावर बस्तीमा पस्न थालेका उहाँले जानकारी दिनुभयो ।
नगरप्रमुख कार्कीले बाढीबाट पीडित धान र तरकारी किसान आरक्षबाट आउने हात्तीको आक्रमणबाट त्रसित हुन थालेका बताउँदै दैनिक आउने हात्ती र अर्नाले करिब पाँच सय बिघा धान र तरकारी बाली नष्ट गरेको जानकारी दिनुभयो ।
हात्ती नियन्त्रणका लागि सरोकार भएका निकायले समन्वय गर्नुपर्ने माग गर्दै नगरप्रमुख कार्कीले पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभयो । आरक्षमा रहेका अर्ना तथा हात्ती भारतको सुपौल जिल्लाको भीमनगर नजिकै कटैयापावर हाउस वरपरका बस्तीमा आतङ्क मचाइरहेकाले तत्काल उद्धारका लागि पहल गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
बाढी पीडित परिवारलाई तत्काल राहतसामग्री उपलब्ध गराउन थालिएको बताउँदै पुनःस्थापनाको पहल पनि भइरहेको जिल्ला अधिकारी रामचन्द्र तिवारीले उल्लेख गर्नुभयो । जिल्लामा बाढी पीडितको तथ्याङ्क सङ्कलन भइरहेकाले स्थानीय तहसँगको समन्वयमा तत्काल पीडित परिवारलाई खाना र अस्थायी बासको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments