सिटिजन लाईफ द्वारा बाडि पहिरोबाट पिडित विमितहरुको तथ्याङ सङकलन तथा दशैको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
- आश्विन १९, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
कृष्ण घिमिरे
सिटिजन लाईफ ईन्सुरेन्स सुर्यविनायक शाखाले बाडि पहिरोबाट पिडित विमितको तथ्याङ सङ्कलनको लागि सबै कर्मचारि तथा अभिकर्ताहरुलाई निर्देशन दिई परिचालन गरेको छ । साथै बडा दशै २०८१ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनिका प्रमुख कार्यकारी अधिकृत (CEO) तथा विमक संघ नेपालका अध्यक्ष श्री पोषकराज पौडेल, कम्पनिका प्रमुख बजार व्यवस्थापक ( CMO ) श्री भूषण रिमाल, CBO श्री सुनिल पोख्रेल, तालिम विभाग प्रमुख श्री कुबेर पाठक, शाखा प्रमुख प्रमिला प्रजापति, स्टार एजेन्सी मेनेजर श्री भेषराज भट्टराई, सिनियर एजेन्सी मेनेजर श्री सुरेश बाबू जमरकट्टेल तथा शाखामा कार्यरत एजेन्सि मेनेजर तथा सिटिजन लिडरहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
असोज १०/११ र १२ गते परेको अविरल बर्षाका कारण भएको प्राकृतिक प्रकोपबाट देशभर ठूलो धनजनको क्षति भएको छ । देश भर २०० भन्दा बढिको अकालमा ज्यान गएको छ । यस्तो अवस्थामा जीवन विमा कम्पनि र यसका अभिकर्ताहरु पिडितको घरमा अभिभावक बनेर उपस्थित हुनु पर्छ। जहाँ विपद त्यहाँ विमा र अभिकर्ताको सहायता भन्ने मान्यता राखेर काम गर्नु पर्छ । हरेक व्यक्तिलाई जीवन विमाको आवश्यकता छ यो कुरा अभिकर्ताले सबै जनमानसमा सचेतना जगाउन सक्नु पर्छ भन्दै CEO पोषकराज पोडेलले सबै अभिकर्तालाई जागरुक गराउनु भयो ।
सिटिजन लाईफ ईन्स्वरेन्सले प्राकृतिक विपदको भोलि पल्टै विपद पिडित विमितहरुको सहायताको लागि विभिन्न ठाँउमा हेल्प डेक्स स्थापना गरेको छ । जसमा कर्मचारि र अभिकर्ताहरुले सहजिकरण गरि रहनु भएको छ ।
कार्यक्रममा बोल्दै सिनियर एजेन्सि मेनेजर सुरेश बाबू जमरकट्टेलले विमाले विपदलाई छेक्न नसके पनि विपदबाट हुने आर्थिक क्षतिको भारलाई भने न्युनिकरण गर्न र रोक्न सक्छ त्यसैले सबैले आ आफ्नो आम्दानि अनुसारको जीवन विमा गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने सिटिजन लिडरहरुलाई सम्मान तथा पुरस्कार समेत वितरण गरिएको सिटिजन लिडर तथा कासिन न्युजका सम्वाद दाता कृष्ण घिमिरेले जानकारि दिनु भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments