गम्बोरो रोगका कारण ५ हजार बढी कुखुरा मरे
- आश्विन १९, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
घोडाघोडी – कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा मरेका छन् । किसान पहल देउवाले पालेका पाँच हजार बढी लेयर्स कुखुरा मरेका हुन् । यसअघि आफ्नो फर्ममा गम्बोरो रोग कहिले नदेखिएको देउवाले बताउनुभयो । “यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक हो । कुखुरा बिरामी भएको थाहा पाउने बित्तिकै ल्याब परीक्षण गर्दा गम्बोरो रोग लागेको पहिचान भएको थियो । भ्याक्सिन, औषधि दिँदादिँदै पनि खोर नै रित्तिने गरी कुखुरा मरेपछि रु ३० लाख बढीको क्षति छ”, उहाँले भन्नुभयो ।
घोडाघोडी नगरपालिका पशु शाखा प्राविधिक मनोज आचार्यले पनि गम्बोरो रोगका कारण पहिलोपटक पालिकामा क्षेत्रमा यति धेरै क्षति भएको बताउनुभयो । उहाँले भन्नुभयो,“पाँच हजार ७०० कुखुराका चल्ला ल्याएकामा अब छ–सात सय बचेका छन्, ती पनि मरिरहेका छन् । यति धेरै क्षति भएकामा हामी पनि चिन्तित छौँ ।”
चाडपर्व नजिकिँदै जाँदा भएको क्षतिले देउवा परिवारलाई निकै क्षति भएको छ । “चाडपर्व पनि नजिकिँदै छ । ठूलो सपना बोकेर कुखुरा हुर्काइरहेका थियौँ तर एकैपटक यो बज्रपात आइलाग्यो । सरकारले पशु बीमा कार्यक्रमअन्तर्गत कुखुराको पनि बीमा गर्ने सुविधा गरिदिएको भए हामीजस्ता किसानलाई केही राहत मिल्थ्यो । भैँसी, बाख्रालगायतको बीमा भए पनि कुखुरा, माछाको हुँदैन । इन्सुरेन्स पनि गरेको छैन । अब क्षतिपूर्ति गर्ने कुनै उपाय पनि छैन”, निरास हुँदै उहाँले भन्नुभयो ।
देउवाले केही समयअद्धि कुखुराको इन्सुरेन्स गर्नका लागि नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानलाई प्रक्रिया पु¥याएर आवश्यक कागजात पनि बुझाउनुभएको सुनाउनुभयो । पछि संस्थानको जिल्लास्थित कार्यालयले माथिको आदेश भन्दै बीमा नगर्ने जानकारी गरेको उहाँको भनाइ छ । “जताबाट पनि किसान नै मारमा पर्ने गरेका छौँ । कोरोनाको समयमा पनि लाखौँको क्षति भयो । फेरि हाल खोर नै रित्तियो । अब त आफ्नै ठाउँमा केही गरौँ भन्ने इच्छा पनि मर्दै गएको छ”, देउवाले मनको बह पोख्नुभयो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments