मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी
- आश्विन ३०, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
महोत्तरी – मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछन् ।
असोज शुक्लपक्षको साँझ सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीको विचरणमा आउने र ‘को जागै छन् ?’ भनेर हेर्ने हुँदा यस दिनलाई ‘कोजगरा’ (कोजाग्रत) भनिएको पाका मैथिल बताउँछन् । मिथिलामा यो रात जाग्राम बस्ने चलन छ । कोजाग्रत पूर्णिमाका दिन जनकपुरको जानकी मन्दिरमा विशेष पूजा गरिन्छ ।
पान, मखानसहित महालक्ष्मीको पूजाआराधना गरिन्छ । भोलिपल्ट सूर्योदय भएपछि कोजाग्रत पूजा समापन गरिन्छ । कोजाग्रतमा महालक्ष्मीको आराधना गर्नाले कहिल्यै दरिद्र नहुने जनविश्वास छ । कोजाग्रतका दिन मिथिलामा दूध मखान र पान पनि खाने चलन छ । पान, मखान दुवै सौन्दर्य र सुखको प्रतीक मानिन्छन् । यसै परम्पराले कोजाग्रतमा पान र मखानको विशेष महत्व छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments