नेप्से परिसूचकमा सामान्य वृद्धि

- कार्तिक १, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ४७ अङ्कले उकालो लागेर २ हजार ७ सय ४५ दशमलव ३६ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ३१ अङ्कले उकालो लागेर ४ सय ९५ दशमलव ३० मा पुगेको छ । कारोबार भएका १३ उपसमूह मध्ये ७ उपसमूहको शेयर मूल्य उकालो लाग्दा छ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कूल १ करोड ८८ लाख ७ हजार ४ सय ९२ कित्ता शेयर रु ७ अर्ब १९ करोड २७ लाख ९२ हजार १ सय ६६ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, गुडविल फाइनान्स ७ दशमलव ६३, एनआइसी एशिया सेलेक्ट फण्ड ६ दशमलव १९, सनराइज ब्ल्यूचिप फण्ड ६ दशमलव १४, समाज लघुवित्त ५ दशमलव १२ र रावा इनर्जीका लगानीकर्ताले ५ दशमलव १२ प्रतिशतले कमाएका छन् ।

यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावर ५ दशमलव १९, मिड सोलु हाइड्रोपावर ५ दशमलव शुन्य ३, सामुदायिक लघुवित्त ४ दशमलव ४७, नेपाल एसबिआई बैंकको ऋणपत्र ३ दशमलव ८८ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ३ दशमलव ४१ प्रतिशतले गुमाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर