बेलबारी गोल्डकप फुटबल : उद्घाटन खेलमा झापा विजयी
- कार्तिक २, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
बेलबारी मोरङमा आजदेखि सुरु भएको सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उद्घाटन खेलमा झापा–११ फुटबल क्लब विजयी भएको छ । बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा भएको उक्त खेलमा झापा–११ ले भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।
खेलको नवौँ मिनेटमा भारतको सिलिगुडीले गोल गरेको थियो । उसका लागि प्रनेश प्रधानले सान्त्वना गोल गरेका थिए । खेलको पहिलो हाफको मिनेटमा झापाका निरज कार्कीले आफ्नो टोलीका लागि पहिलो गोल गर्दै खेललाई बराबरीको अवस्थामा पु-याएका थिए ।
यसैगरी खेलको दोस्रो हाफमा झापा–११ ले थप चार गोल गरेको थियो । खेलको ५५औँ मिनेटमा झापा–११ का अभिषेक गुरुङले गोल गरेका थिए । लगत्तै ५९औँ मिनेटमा झापा–११ का उत्सव राईले गोल गर्दै खेललाई ३–१ को अवस्थामा पु-याए । उनले नै खेलको ७०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ४–१ को अग्रता दिलाए ।
यस्तै खेलको ७७औँ मिनेटमा झापा–११ का निकेश श्रेष्ठले गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । आजको खेलको म्यान अफ दी म्याच झापा–११ का उत्सव राई घोषित भए । एलएक्स सिटी फुटबल क्लबको आयोजनामा आजदेखि सुरु भएको सो प्रतियोगिता कात्तिक १० गतेसम्म चल्नेछ । प्रतियोगितामा आयोजकसहित १० टोली सहभागी रहेका आयोजक समितिका अध्यक्ष विक्रम वान्तवा राईले बताए । शनिबार आयोजक एलएक्स सिटी फुटबल क्लब र चित्लाङ फुटबल क्लब काठमाडौँबीच खेल हुनेछ ।
बेलबारी नगरपालिका र अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० र आरजु राइस मिलले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले रु ८ लाख र उपविजेताले रु ४ लाख पुरस्कार प्राप्त गर्ने छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments