नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
- कार्तिक ५, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ९९ अङ्कले ओरालो लागेर २ हजार ६ सय ३९ दशमलव ९२ अङ्कमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव १४ अङ्कले ओरालो लागेर ४ सय ७६ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
नेप्सेका अनुसार, कूल १ करोड ३८ लाख ६३ हजार ४ सय ४३ कित्ता शेयर रु ५ अर्ब ९० करोड ७ लाख ९१ हजार ४४ मूल्यमा कारोबार भएका छन् ।
विन नेपाल लघुवित्त ९ दशमलव ९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९ दशमलव ८२, कालिका लघुवित्त ५ दशमलव ५२, पिपल्स पावर ४ दशमलव ८४ र मानुषी लघुवित्तका लगानी कर्ताले ३ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।
यस्तै, न्यादी ग्रुप अफ पावर ९ दशमलव २०, गुडविल फाइनान्स ५ दशमलव ६५, छ्याङदी हाइड्रोपावर ४ दशमलव ७९, इस्टर्न हाइड्रोपावर ४ दशमलव ७५ र गुर्खाज फाइनान्सका लगानी कर्ताले ४ दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments