नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो
- कार्तिक ८, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर २ हजार ६ सय २७ दशमलव १४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ९९ अङ्कले ओरालो लागेर ४ सय ७४ दशमलव २६ मा सिमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।
कूल १ करोड २२ लाख ८३ हजार ६ सय २३ कित्ता शेयर रु ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार १ सय ५७ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार नेपाल एसबिआई बैंक ९ दशमलव ७५, पिपल्स पावर ७ दशमलव ८८, सनराइज ब्ल्यूचिप फण्ड ७ दशमलव ६७, समृद्धि फाइनान्स कम्पनी ६ दशमलव १८ र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले ६ दशमलव शून्य १ प्रतिशतले कमाएका छन् ।
रावा इनर्जी १०, एनआइबिएल समृद्धि फण्ड–दोस्रो ५ दशमलव ७३, कर्पोरेट डेभलपमेन्ट बैंक ४ दशमलव ९०, गुडविल फाइनान्स ४ दशमलव ५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव २१ प्रतिशतले गुमाएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments