भुटान साफ च्यम्पियन्सिपको सेमिफाइनल प्रबेश
- कार्तिक ८, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
भुटान साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १३–० ले गोल अन्तरले पराजित गर्दै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो ।
भुटानको जितमा देकी लाजोमले ५, पेमा छोदेन र डेकी याङदोनले समान २ तथा नामगेल देमा, देकी याङदोन, छिरिङ लादेन र सोनाम छोदेनले समान १/१ गोल गरे ।
देकी लाजोमले खेलको १५औँ, १९औँ, ४६औँ, ५२ औँ र ७०औँ मिनेटमा गोल गरिन् । यसैगरी पेमाले खेलको ७औँ र १७औँ, छिरिङ याङदेनले ६५औँ र ८०औँ, सोनमले ५औँ, नामगेलले ४१औँ, देकी याङदेनले ४७ औँ तथा छिरिङ लादेनले ६८औँ मिनेटमा गोल थेपे ।
पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको भुटानले लगातार जित निकाल्दै ७ अङ्क जोड्दै अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । भुटानले श्रीलङ्कालाई ४–१ ले हराएको थियो ।
अन्तिम खेल खेल्न बाँकी रहेको नेपालसँग ४ अङ्क छ । श्रीलङ्काको २ खेलमा ३ अङ्क छ । नेपालले आज साँझ नै श्रीलङ्कासँग खेल्ने छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments