युरोपमा मुस्लिम विरोधी घृणामा तीव्र वृद्धि : ईयू अधिकार एजेन्सी
- कार्तिक ८, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
इजरायल विरुद्ध हमासको आक्रमणले युरोपमा मुस्लिम विरोधी घृणामा तीव्र वृद्धि भएको उल्लेख गर्दै युरोपका मुस्लिमहरूले अझ बढी जातिवाद र भेदभावको सामना गरिरहेको युरोपेली सङ्घ ९ईयू०को अधिकार एजेन्सीले बिहीबार जनाएको छ ।
‘युरोपियन युनियन एजेन्सी फर फन्डामेन्टल राइट्स ९एफआरए०’का अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि गाजामा प्रतिशोधात्मक आक्रमण सुरु भएपछि धेरै ईयू राष्ट्रहरूले मुस्लिम विरोधी कार्यहरूमा वृद्धि भएको जनाएका छन् ।
“हमासको आक्रमणपछि मुस्लिम विरोधी घृणा र यहूदी विरोधी भावना बढेको कुरा प्रकाशमा ल्याउने थुप्रै युरोपेली सङ्घका देशबाट आएका रिपोर्टबारे हामी सचेत छौं”, एफआरएका प्रवक्ता निकोल रोमेनले बताउनुभयो ।
युरोपेली सङ्घमा लगभग दुई मध्ये एक मुस्लिमले आफ्नो दैनिक जीवनमा जातिवाद र भेदभावको सामना गर्छन्, जुन सन् २०१६ मा एफआरए सर्वेक्षणको अन्तिम संस्करणमा फेला परेको ३९ प्रतिशतबाट तीव्र वृद्धि हो ।
भेदभावको सबैभन्दा बढी दर अस्ट्रिया, जर्मनी र फिनल्यान्डमा रेकर्ड गरिएको छ ।
“हामीले युरोपमा मुस्लिम समुदाय विरुद्ध जातिवाद र भेदभावमा चिन्ताजनक वृद्धि देखिरहेका छौं”, एफआरएका निर्देशक सिर्पा राउटिओले भन्नुभयो ।
“यो मध्यपूर्वमा द्वन्द्वले उत्प्रेरित भएको हो र महाद्वीपभरी देखिएको अमानवीय मुस्लिम विरोधी प्रदर्शनले स्थिति अझ खराब बनाएको छ”, राउटिओले बताउनुभयो ।
अक्टोबर सन् २०२१ को अक्टोबर देखि सन् २०२२ को अक्टोबरसम्म १३ वटा युरोपेली देशका ९ हजार ६ सय भन्दा बढी मुस्लिमहरुको सर्वेक्षण गरिएको थियो ।
मुस्लिम महिला, पुरुष र बालबालिकाहरू धर्मका कारण मात्र नभई छालाको रङ र जातीय वा आप्रवासी पृष्ठभूमिका कारण पनि हिंसामा परेको एफआरएले उल्लेख गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments