राखेपका पूर्व सदस्यसचिव राणाको निधन
- कार्तिक ९, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको आज निधन भएको छ । उहाँको ९१ वर्षको उमेरमा निधन भएको हो ।
राणाको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भएको राखेपको प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार श्रद्धाञ्जली अर्पण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, सरोज पोखरेलसहित कर्मचाहरुको उपस्थिति थियो ।
राखेपको दोस्रो सदस्यसचिवका रुपमा राणाले छ वर्षसम्म नेपाली खेलकुदका क्षेत्रमा योगदान पु-याउनुभएको थियो । विसं २०१७ देखि विसं २०२४ सम्म राणा परिषद्को सदस्यसचिव हुनुभएको थियो ।
नेपाल ब्याडमिन्टन सङ्घको सस्थापक अध्यक्ष हुनुभएका राण हाल आजीवन मानर्थ अध्यक्षको रुपमा रहनुभएको सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
राणाको निधनप्रति राष्ट्रिय खेलकुद परिषद्ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments