आजको मौसम : पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना

- कार्तिक १०, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात “दाना” को अंशको आंशिक प्रभाव समेत रहेको छ ।कोशी प्रदेशमा आंशिक देखी साधारणतया बदली र बांकी प्रदेशमा  आंशिक  बदली रहेको छ ।

दिउँसोː कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली र बांकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीːकोशी प्रदेश लगायत देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भू-भागका  एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर