रानीवन गोल्ड कपको उपाधि सिम ब्वाइजलाई

- कार्तिक १०, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौ ।
सिमकोट (हुम्ला) – चौथो रानीवन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सिम ब्वाइज क्लबले हात पारेको छ । यही कात्तिक २ गतेदेखि सिमकोट तल्लो बजारमा सञ्चालन भएको खेलमैदानमा १५ वटा टोलीको सहभागी रहेको थियो । शुक्रबार भएको फाइनल खेलमा सिमकोट तल्लो गाउँ राइजिङ क्लबमाथि जित हासिल गर्दै सिम ब्वाइजले प्रतियोगिताको विजेता बनेको हो ।
प्रतियोगितामा सिम ब्याइज क्लब निर्धारित समयमा बराबरी गोल भएपछि खेल ‘ट्राइबेकर’ गएको थियो । २ का विरुद्ध ३ गोल गरेर सिम ब्वाइज विजेता भएको हो । विजेता र उपविजेता टोलीलाई क्रमशः रु ५० हजार र ३० हजार नगद पुरस्कार प्रदान गरिएको हो ।
त्यसैगरी, विजेता सिम ब्वाइजलाई ट्रफी पनि प्रदान गरिएको थियो । विजेता र उपविजेता सबै खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी सिम ब्वाइजका जीवन रावतलाई ‘बुट’ प्रदान गरिएको थियो भने सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहका तर्फबाट खेल अवधिभर गरेका ८ वटा गोलको प्रतिगोल रु ५ सयका दरले ४ हजार नगद पनि प्रदान गरिएको थियो ।
उत्कृष्ट खेलाडी सिम ब्वाइजकै विशाल सिंह पनि पुरस्कृत भएका छन् । उत्कृष्ट गोल किपरमा सिम ब्वाइजकै छिरिङ लामा रहेका रहेका थिए । यो पुरस्कार सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया, जिल्ला खेलकुद समितिका अध्यक्ष विनोद बोहरा, पत्रकार महासङ्घका अध्यक्ष राजन रावतले वितरण गर्नुभएको थियो ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर