नेपाली कांग्रेस काठमाडौँ महानगरको शुभकामना आदान प्रदान कार्यक्रम
- कार्तिक १०, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
नेपाली कांग्रेस काठमाडौँ महानगरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् एवं छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले छोटो प्रतिक्रिया दिनुहुँदै सबै पर्वका अवसरमा सुख, शान्ति एवं समृद्धिका लागि सबैमा शुभकामना व्यक्त गर्नुभयो ।
कांग्रेस नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको १०० दिनका क्रममा लक्ष्य तोकेअनुसार सबै काम सबै मन्त्रालयले पूरा गरेको बताउनुभयो । विपक्षीले उठाएका कुरा कति सत्य छ भन्ने समयक्रमले देखाउने उल्लेख गर्नुहुँदै उहाँले विधिको शासनको वकालत गर्छु भन्ने दलले नै विधि एवं प्रक्रियाको उपहास गरिरहेको बताउनुभयो ।
शुक्रबार बसेको सत्तारुढ सात दलको बैठकको निर्णयअनुसार नै सरकार विधिको शासनको मार्गमा अघि बढ्ने उपप्रधानमन्त्री सिंहको भनाइ छ । संविधान संशोधन आवश्यकताका आधारमा सबै दलको विचार बुझेर प्रक्रियासम्मत रुपमा हुने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता, कार्यकर्ताका साथै पार्टीका शुभेच्छुक एवं बुद्धिजीवीको समेत उपस्थिति रहेको महानगर समिति सभापति नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments