गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार

- कार्तिक ११, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौ ।
गोदावरी (ललितपुर)  – ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म रु ९० लाखको कारोबार भएको छ ।

प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार ९ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो । दोस्रो दिन नौ हजार ८ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो भने तेस्रो दिन १५ हजार ९ सय जनाले अवलोकन गर्दा रु ५० लाख बराबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो ।

उक्त मेलाले फूलखेती व्यावसायिकरुपमा फस्टाइरहेको सङ्केत गरेको संयोजक तामाङ बताउनुहुन्छ । नेपालमा हाल ५२ जिल्लामा २ सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा रु ८ अर्ब ८३ करोडभन्दा बढीको लगानी भएको छ । यस व्यवसायमा १ हजार १ सयभन्दा बढी व्यवसायी संलग्न छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर