नेप्से परिसूचक ९ दशमलव १९ अङ्कले घट्यो
- कार्तिक ११, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ९ दशमलव १९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ओरालो लागेर २ हजार ६ सय १६ दशमलव ९५ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ४५ अङ्कले ओरालो लागेर ४ सय ६९ दशमलव ८० मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको शेयर मूल्य उकालो लाग्दा ८ उपसमूहको भने शेयर मूल्यमा गिरावट भएको छ ।
कूल १ करोड ११ लाख ३४ हजार १ सय ७८ कित्ता शेयर रु ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८ सय ६४ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स, रिभर फल्स पावर, माई खोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
समृद्धि फाइनान्स ९ दशमलव ९९ र कालिञ्चोक दर्शनका लगानीकर्ताले ९ दशमलव ७७ प्रतिशतले कमाएका छन् । त्यस्तै, नेपाल एसबिआई बैंक ६ दशमलव ७९, प्राइम बैंक ४ दशमलव १७, रावा इनर्जी ४ दशमलव शून्य ३, आइसिएफसी फाइनान्स ३ दशमलव ८३ र ज्योति विकास बैंकको ऋणपत्रका लगानीकर्ताले ३ दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments