शेयर कारोबार मापक नेप्से परिसूचक २७ अङ्कले बढ्यो

- कार्तिक १२, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर २ हजार ६ सय ४५ दशमलव ३६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव १४ अङ्कले उकालो लागेर ४ सय ७२ दशमलव ९५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको छ ।

कूल १ करोड ४ लाख १८ हजार ९ सय २६ कित्ता शेयर रु ५ अर्ब ३४ करोड ४८ लाख ९ सय १२ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार, जानकी फाइनान्स र डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । रिभर फल्स पावर ९ दशमलव ५४,मेछ्याङ हाइड्रोपावर ९ दशमलव १३ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।

यस्तै, पिपल्स वर ६ दशमलव शून्य २, कालिञ्चोक दर्शन लिमिटेड ४ दशमलव ३५,समृद्धि फाइनान्स कम्पनी ३ दशमलव ९६, विन नेपाल लघुवित्त २ दशमलव ८९ र नेपाल एसबिआई बैंकका लगानीकर्ताले २ दशमलव ६३ प्रतिशतले गुमाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर