विश्वकप क्रिकेट लिग–२ : नेपाल र स्कटल्याण्डविचको खेल आज राति ९ः१५ बजेदेखि सुरु
- कार्तिक १३, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति हुने खेलमा नेपालले जित हासिल गर्दै उक्त सिरिजमा पहिलो जित दर्ता गराउने दाउमा रहेको छ । यसअघि यही कात्तिक ११ गते भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।
त्यसो त स्कटल्यान्ड पनि उक्त सिरिजमा दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको पहिलो खेलमा स्कटल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै पहिलो जित दर्ता गराइसकेको छ ।
नेपाल र स्कटल्याण्डबीच हालसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा दुवै टोलीले समान ३र३ खेल जितेका छन् । आगामी सन् २०२७ सम्म चल्ने विश्वकप लिग २ क्रिकेटमा नेपालले ९ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । जसमा हरेक सिरिजमा नेपालले ४ एकदिवसीय खेल खेल्नेछ ।
लिग–२ मा नेपालले ९ खेलमा ७ हार, १ मा जित तथा १ खेल रद्द हुँदा ३ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । यता स्कटल्याण्ड ८ खेलमा ५ जित २ हार र १ खेल रद्दसँगै ११ अङ्कका साथ चौथो स्थानमा रहेको छ ।
त्यसैगरी १२ खेल खेलेको क्यानडा आठ खेलमा जित तथा चार खेलमा हार बेहोर्दै १६ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित स्कटल्याण्ड, अमेरिका, क्यानडा, नेदरल्याण्डस्, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments