दक्षिणपूर्वी स्पेनमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु
- कार्तिक १४, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
मुसलधारे वर्षाका कारण मङ्गलबार दक्षिणपूर्वी स्पेनका सडक र शहरहरूमा बाढी पस्दा कम्तीमा ५१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको आपतकालीन सेवा प्रदायकहरूले पुष्टि गरेका छन् ।
“विभिन्न सुरक्षा र आपतकालीन बलहरूले सार्वजनिक गरेको प्रारम्भिक मृत्यु सङ्ख्या ५१ रहेको छ भने थुप्रै मानिसहरू सम्पर्कमा नआएकाले मृत्यु सङ्ख्या थप वृद्धि हुनसक्ने देखिएको छ,” क्षेत्रीय आपतकालीन सेवाहरूले एक्समा जारी सन्देशमा भनिएको छ । प्रभावित क्षेत्रमा मृतकका आफन्तहरूको सहयोगमा शवहरूको पहिचान भइरहेको छ।
बाढी र डुबानका कारण कारहरू सडकमा बगेका छन् भने एउटा रेल पटरीबाट खसेको छ भने घर र भवनहरूमा क्षति पुगेको छ।
सबैभन्दा बढी प्रभावित क्षेत्रका अधिकारीहरूले मानिसहरूलाई घरमै बस्न र अत्यावश्यक बाहेकका सबै यात्राबाट जोगिन सल्लाह दिएका छन्।
भ्यालेन्सिया क्षेत्रमा मारिएकामा बालबालिका पनि रहेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments