नेपालले इङ्ल्याण्डलाई ६ विकेटले हरायो
- कार्तिक १६, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ ।
हङ्कङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले ४ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन् ।
त्यसैगरी लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रन बनाए । राशिद खानले ५ बलमा २ चौका र २ छक्काको सहयोगमा २१ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पाँच दशमलव ५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
इङल्याण्डका लागि कप्तान रवि भोपाराले १२ बलमा १ चौका र ७ छक्काको सहयोगमा ४९ रन जोडे । स्मिथ पटेलले १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३९ रन बनाए । नेपालका प्रतिश जिसीले २ विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान १–१ विकेट लिए ।
नेपालले भोलि अष्ट्रेलियासँग खेल्नेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments