•  २६ चैत्र २०८१, मंगलवार

समाजले आफू माथि गरेको बिश्वास नै सम्मान : वडा प्रमुख भण्डारी

- फाल्गुन ३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं महानगर वडा नम्वर ९ को बिकासका लागि अग्रसर रहने वडाका वडा प्रमुख रामजी भण्डारीलाई वडा भित्रका पार्क, पुस्तकालय, सामुदायिक भवन तथा सामाजिक कार्यमा गरेको योगदान स्वरुप नई प्रकाशनको त्रिमूर्ती निकेतनले  त्रिमूर्ती अवार्ड बाट सम्मानित गरेको छ ।

नेपाली साहित्य क्षेत्रका सम्मानित नक्षत्र कवि शिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मी प्रसाद देवकोटा र नाट्य सम्राट बालकृष्ण समको नाममा राखिएको त्रिमूर्ती अवार्ड बाट सम्मानित भएका वडा प्रमुख भण्डारी यस्ता सम्मानले समाजमा सुबिचार र बिकासका काममा लाग्नेहरुलाई प्रेरणा मिल्ने बताए ।

समाजका रहेर सामाजिक कार्य देखी बिकासका कार्यमा कर्मशिलहरुलाई यस्ता सम्मानले प्रोत्साहित गर्ने भनाई पनि वडा प्रमुख भण्डारीको भनाई थियो । वडा प्रमुख भण्डारी भन्छन्, आफूले केही गरे जस्तो त लाग्दैन तर समाजले आफू माथि गरेको बिश्वास नै यो सम्मान हो ।

What’s your Reaction?
+1
1
+1
1
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर