•  २६ चैत्र २०८१, मंगलवार

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

- चैत्र १, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
साहित्यकार लीलबहादुर क्षेत्रीको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए ।

२०१४ सालमा प्रकाशित ’बसाइँ’ उपन्यास उनको लोकप्रिय उपन्यास हो। त्यसपछिका उनका कृतिहरू अतृप्त, ब्रह्मपुत्रका छेउछाउ, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक बीस अभिव्यक्ति, लीलबहादुर क्षेत्रीका कथाहरू आदि प्रकाशित छन्। उपन्यास बाहेक उनी कथा, निबन्ध, नाटक आदि लेख्ने गर्थे।

भारतको गौहाटी असममा बसेर नेपाली भाषा र साहित्यको सेवा गरिरेका  क्षेत्री २०७२ सालमा जगदम्बा श्रीबाट सम्मानित भएका थिए । उनी भारतको प्रतिष्ठित पद्मश्री, साहित्य अकादेमी पुरस्कारबाट पनिसम्मानित भइसकेका छन् । सन् १९३३ मा जन्मिएका उनी ९२ वर्षको थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर