
उपत्यकाको मौसम सफा : हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना
- चैत्र ३, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं उपत्यकामा फागु पूर्णीमा देखी मौसमा केही हल्का परिवर्तनको संकेत देखा परेको छ । बिहान र साँझमा हल्का चिसो भएपनि दिनमा भने मौसम सफा रहेको छ । होली दिन हल्का पानीको बाछिटा देखीए पनि पानी भने पर्न सकेको छैन् ।
देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
-
चैत्र २६, २०८१बजारमा मौसमको बदली र प्रदूषित वायुको असर
-
चैत्र २६, २०८१सहरमा प्रदूषित वायुको असर
-
चैत्र २६, २०८१ॐ गं गणपतये नमः – मङ्गलबारको दिन माछा खाँदा आर्थिक नोक्सानी
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
-
लोकप्रिय चैत्र २६, २०८१बजारमा मौसमको बदली र प्रदूषित वायुको असर
-
लोकप्रिय चैत्र २६, २०८१सहरमा प्रदूषित वायुको असर
-
लोकप्रिय चैत्र २६, २०८१ॐ गं गणपतये नमः – मङ्गलबारको दिन माछा खाँदा आर्थिक नोक्सानी
Comments