•  २६ चैत्र २०८१, मंगलवार

लोकतन्त्रमा विरोधका रुप : फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन -अध्यक्ष दाहाल

- चैत्र ३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्वीर जलाउँदैमा कसैलाई पक्राउ गर्नु उचित नहुने टिप्पणी गरेका छन् ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहादको तस्वीर जलाएको आरोपमा आइतबारमात्रै चितवनबाट राप्रपाका एक नेता पक्राउ परेका थिए ।
‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन्,’ दाहालले भनेका छन्, ‘फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’

दाहालको फेसबुक वाल बाट

पक्राउ पर्ने कालिकोटका निराजन बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव समेत हुन् । उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।उनले हेटौंडाको एक कार्यक्रममा शनिबार दाहालको तस्वीर जलाएका थिए । उनले कार्यक्रममा ‘तपाईंहरू यो मान्छेलाई त चिन्नुहुन्छ होला नि’ भन्दै दाहालको तस्वीर जलाएका थिए ।

दाहालको तस्विर जलाउने बम

उनलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेर प्रहरीले मकवानपुर पठाएको छ । डीएसपी श्यामु अर्यालले बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उपस्थित गराइएको स्वीकार गरेका छन् ।

सम्वन्धित समाचार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर