•  २६ चैत्र २०८१, मंगलवार

नेप्से २३ अङ्कले बढ्यो : सेन्ट्रल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट

- चैत्र २०, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले बढेर २ हजार ७ सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो ।

तीन सय १८ कम्पनीको १ करोड ४ लाख ४२ हजार ६सय ८३ कित्ता शेयर ५३ हजार ८सय ८४ पटक खरिदबिक्री हुँदा रू ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९ सय १ बराबरको कारोबार भएको छ । कारोबारमा उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी व्यापार समूह ९.४४ र वित्त समूह तीन दशमलव १२ % बढेको छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

नेप्से अनुक्रमणिका

सम्वन्धित समाचार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर